सल्यान : कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ।
सुर्खेतको वीरन्द्रनगरमा शनिबार सम्पन्न फाइनल खेलमा सुर्खेतलाई ३–२ को सेटले पराजित गर्दै सल्यान विजेता बनेको हो। सल्यानसँग पराजित भएको सुर्खेत उपविजेतामा सीमित हुँदा रुकुम पश्चिमले तेस्रो स्थान हासिल गर्न सफल भयो।
पुसमा हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सोही टिमबाट खेलाडी छनोट गरिने कर्णाली प्रदेश भलिब संघका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए। विजेतालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मेडल र ट्रफी प्रदान गरे।
कर्णाली प्रदेश भलिबल संघको आयोजनामा मंसिर २१ गतेदेखि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुर्खेतमा भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।