|

पर्वत : कास्कीको पोखरा महानगरपालिका–२६ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार आइतबार अपराह्न पृथ्वीराजमार्गमा पोखराबाट तालचोकका लागि छुटेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आइरहेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

स्कुटरमा सवार पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका–५ जिरो किलोमिटर बस्ने २४ वर्षीया भावना बराल सवार थिए। घाइते दुवैजनालाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो।

उपचारकै क्रममा खड्काको मृत्यु भएको छ भने बराललाई थप उपचारका लागि चरक अस्पतालमा पठाइएकोमा उनको पनि उपचारकै क्रममा मृत्यु भएको छ।

प्रहरी नायव उपरीक्षक विकका अनुसार दुवै सवारीसाधन र कार चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाको नियन्त्रणमा राखिएको छ। दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.