|

म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालीका ९ मा रहेको गलेश्वरधाममा आज बालाचतुर्दशीका दिन आफ्ना दिवंगत पितृको स्मरणमा शतबीज छर्नका लागि झक्तजनको घुइँचो लागेको छ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने आएका भक्तजनको घुइँचो लागेको हो।

यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन्।

गलेश्वरमा सतबिज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, स्याङ्जा, तनहुँ, रुपन्देही र राजधानी काठमाडौंबाट समेत भक्तजनहरु आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

आज बिहान ५ बजेदेखि नै गलेश्वरमा शतवीजका छर्नेहरुको घुँइचो लागेको हो।

द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजारौं भक्तजन आएको उनले बताए।

पूजा व्यवस्थापन र सुरक्षाका लागि प्रहरीका साथै स्वमसेवकहरु परिचालन गरिएको छ। गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेलासमेत लाग्ने गर्छ।

कपडा, भाँडावर्तन, काठका ठेका, डोका, नाङ्ला लगायतका सामाग्रीको किनमेल गर्नेहरुको चहलपहल बढेको कोषका अध्यक्ष रेग्मीले जानकारी दिए।

मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरेर तयारी पूरा गरेको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिए।  उनका अनुसार, पर्वको अवसरमा हुने शतबीज छर्ने मेलालाई व्यवस्थित बनाउन कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मूल र अन्य उपसमिति गठन गरिएको हो।

‘भक्तजनले छिटो र सहज रूपमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाएका छौँ,’ अध्यक्ष रेग्मीले भने ,‘शतबीज छर्न धेरै ठाउँबाट ठुलो सङ्ख्यामा भक्तजन आउने भएकाले व्यवस्थित बनाउन सुरक्षा निकाय, प्रशासन, नगरपालिका र विभिन्न  संस्थासँग समन्वय गरेका छौँ।’

यस पटक करिब ५० हजार भक्तजन आउने कोषको अनुमान छ।

बालाचतुर्दशी पर्वमा शतबीज छर्न, कालीगण्डकी स्नान र पूजाआजाका लागि गलेश्वरमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौं लगायतका स्थानबाट हजारौँ भक्तजन आउने गरेका छन्।

कृष्णगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशीलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले दर्शन गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.