|

विराटनगर : लिड नेपालले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई ज्ञापनपत्र बुझाएको छ।

लिडकी प्रमुख नुमा लिम्बू (चञ्चला) को नेतृत्वमा यौनिक तथा लैंगिक अल्पसंख्यकको हकहित र अधिकार प्राप्तिका लागि सोमबार ज्ञापनपत्र बुझाइएको हो।

यौनिक तथा लैंगिक अल्पसंख्यकको सन्दर्भमा विभेदकारी कानुन भएको र संविधानमा उल्लेख भएको अधिकार व्यवहारमा कार्यान्वयनमा ल्याउन माग राख्दै ज्ञापनपत्र बुझाइएको लिड नेपालकी प्रमुख लिम्बूले जानकारी दिइन्।

सार्वजनिक शौचालय निर्माण गर्दा आफूहरूको समुदायको अनुकूलअनुसार समेत संरचना निर्माण गरिनुपर्ने माग रहेको उनको भनाइ छ।

‘नागरिकताको समस्या, स्वास्थ्य, शिक्षा साथै आयोगमा हाम्रो समुदायको पनि कोटा हुनुपर्ने हामीले माग राखेका छौँ’, उनले भनिन्, ‘हाम्रो समुदायमा एचआइभी संक्रमित थुप्रै हुनुहुन्छ, उहाँहरूको स्वास्थ्य साथै पोषिलो खानपानका विषयमा सदनमा समेत कुरा उठान गर्नुपर्नेमा हामीले जोड दिएका छौँ।

ज्ञापनपत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्या र चुनौतीबारे सकारात्मक रहेको बताए। समस्याका विषयमा सम्बन्धित निकायसमक्ष विषय उठान गर्ने प्रतिबद्धता जनाउँदै खापुङले सकारात्मक ढंगले सहयोग गर्ने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.