|

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश शङ्करबहादुर राईको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन्।

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो। 

विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले १३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.