|

चितवन : भरतपुर महानगरपालिका-५ नारायणपुरमा रहेको लाइफ केयर पुनःस्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका-८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार केन्द्रमा अचानक ढलेर उनको मृत्यु भएको हो। मृतकको शव पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। 

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उनको परिवारले यही पुस १७ गते पुनःस्थापना केन्द्रमा ल्याएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.