|

गण्डकी : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताएका छन्। 

नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने बताए।

सभापति देउवाले कांग्रेस नेपाली जनताको काम गर्न स्थापना भएको पार्टी भएको उल्लेख गर्दै देशका जुनसुकै कुनामा रहेका सर्वसाधारणको बीचमा पुगी उनीहरुको सुख दुःखमा साथ दिनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसलाई ठूलो पार्टीको रुपमा विकास गर्न विभिन्न पार्टीसँग निर्वाचनमा गठबन्धन गर्दै अघि बढेको र देशको राजनीतिक परिस्थितिलाई हेरेर गठबन्धन गर्नुपरेको उनले बताए।

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बेला लोकतन्त्रवादी एक भएर त्यसलाई बचाउन जरुरी भएको उल्लेख गर्दै सभापति देउवाले माओवादीलाई शान्ति सम्झौतामार्फत लोकतान्त्रिक प्रक्रियामा ल्याएको बताए।

पोखरा पर्यटकीय सहर भएकाले यहाँको ताल संरक्षण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमितरुपमा सञ्चालन गर्न कांग्रेस सक्रियरुपमा लाग्ने भन्दै सभापति देउवाले यहाँको पर्यटनको विकासमा पार्टीले ध्यान दिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.