|

मोरङ : विराटनगर महानगरपालिकाको नगरसभा तथा तेह्रौँ अधिवेशन चालु आर्थिक वर्षको बजेट संशोधन गरी सम्पन्न भएको छ। नगर सभाले तीन अर्ब २८ करोड पाँच लाख रहेको बजेटलाई संशोधन गरी तीन अर्ब ३४ करोड ६७ लाख १२ हजार पुर्‍याएको छ। 

सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले महानगरवासीले गर्व गर्न लायकको विराटनगर बनाउन इमान्दारितापूर्वक कार्य गरिरहेको बताए।
    
रानीपोखरी, मण्डापोखरी, प्रधानमन्त्री पार्क, बालउद्यान, सन्ध्याकालीन आरती स्थल, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालय, विराटनगर–५ र ६ स्थित विएफएम अगाडिको सडक, विराटनगर–१३ स्थित आँखा अस्पताल अगाडिको सडक, विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक निर्माणलगायतमा एक अर्ब १५ करोडका विभिन्न योजना कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए।

उपप्रमुख शिल्पा निराला कार्कीबाट चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत भएको थियो । 

    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.