|

तनहुँ : जिल्लाको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ। 

चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्ने गरी सेवा दिएको हो।

गाउँपालिकाले १० लाखसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको हो। करिब दुई सय योजनामध्ये एक सय तीस योजना सम्झौता गरी निर्माणको चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ। 

गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए। योजनाको अनुमानित लागत गरी सम्झौताको प्रक्रिया कार्यान्वयनमा लगिएको छ। 

उपभोक्ता समितिलाई गाउँपालिका कार्यालयसम्म आउन नपर्ने गरी काम गर्ने वातावरण मिलाइएको उनले बताए। स–साना योजना सम्झौताका लागि पनि उपभोक्ता समितिका पदाधिकारीलाई गाउँपालिका कार्यालयसम्म धाउनुपर्दा कठिनाइ भोग्नुपरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.