|

कास्की : नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई आज पोखरामा सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको बताए।

आर्थिक मन्दीकै कारण धरासायी बनेको उद्योग व्यवसायका समस्या समाधान गर्न जरुरी भएको उनको भनाइ थियो।

गाउँ र विश्वविद्यालय खाली भएको अवस्थामा विदेशी लगानी भित्र्याएर युवाहरूलाई नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने भनाइ उनको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.