|

दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास निर्माणमा तीनै तहका सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताएकी छिन्।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित दाङका जनप्रतिनिधि तथा सचिवालयका कर्मचारीसँग भएको तीनै तहका सरकारको कामको समीक्षा र आगामी योजनाबारे एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, “स्थानीय, प्रदेश र सङ्घ सरकारबीचको सहकार्यले नै विकासले गति लिन्छ।”

मुलुक सङ्घीयतामा गएसँगै गाउँगाउँमा जनताले अनुभूति गर्नेगरी विकासका गतिविधि भइरहेको समेत उनले बताइन्। साथै आमसञ्चारसम्बन्धी पुराना ऐनलाई पुनःसंरचना गर्ने गरी कानुन बनाइरहेको उनको भनाइ थियो। 

साथै उनले दाङको चारलेन, टरिगाउँ विमानस्थल निर्माणका लागि बजेट नपरेको भनेर जनता आक्रोशित भएको भन्दै यसमा आक्रोशित नहुनसमेत आग्रह गरिन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.