|

मुगु : खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको जलेर मृत्यु भएको छ।

सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनको छोरा/छोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगो निभाएको थियो। 

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.