काठमाडौं : विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले व्यावसायिक प्रयोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको छ। १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले विभिन्न नौ प्रकारका प्रिन्टर ल्याएको हो।
कलंकीस्थित बलेयो एक्सपिरियन्स सेन्टरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक हेभी ड्युटी प्रिन्टर, कपी र स्क्यानरले प्रिन्टिङ उद्योगमा पर्फर्मेन्स विश्वसनीयतामा नयाँ मानक कायम गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ। बलेयो सेन्टरमा ब्रदरका पछिल्ला नवीनतम् प्रिन्टर हेर्न मात्र नभएर अनुभव समेत गर्न सकिन्छ।
पत्रकार सम्मेलन तथा प्रोडक्ट सार्वजनिक भएसँगै चार दिने 'बलेयो एक्सपिरियन्स सेन्टरः मिट एन्ड ग्रिट' कार्यक्रम समेत सुरु भएको छ । ८-१२ फेब्रुअरीसम्म चल्ने उक्त कार्यक्रममा रजिस्टर गराएका सहभागीले सम्पूर्ण उत्पादन तथा सोलुसन प्रत्यक्ष रूपमा हेर्न, विज्ञहरूसँग अन्तरक्रिया गर्नुका साथै विशेषत छुट तथा अफर समेत प्राप्त गर्न सक्नेछन्।
कार्यक्रमका लागि रजिस्टर गराउने एक जना भाग्यशाली सहभागीले मेगा गिफ्ट ह्याम्परको रूपमा एक्स ल्याब ल्यापटप प्राप्त गर्नेछन्। ब्रदर इन्टरनेसनलका क्षेत्रिय बिक्री निर्देशक तथा बोर्ड सदस्य अमित अलीले नेपालका लागि ब्रदरका पछिल्ला प्रिन्टर मोडेल प्रस्तुत गर्न पाउँदा आफूहरू अत्यन्तै उत्साहित रहेको बताए।
"यी नयाँ प्रिन्टरले नेपाली उपभोक्ता र स्थानीय बजारका लागि उत्कृष्ट मूल्य सिर्जना गर्नेछ। यी केवल उत्पादन मात्र नभएर नेपालका व्यावसाय र व्यक्तिहरूको विविध किसिमको मागलाई सम्बोधन गर्नेगरी डिजाइन गरिएका सोलुसन्स हुन्,” उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।