काठमाडौं : नेपालमा जुनार भन्नेबित्तिकै सिन्धुली जिल्लालाई नै सम्झने गरिन्छ। जुनार र सिन्धुली पर्यायवाची शब्द जस्तै बनेको छ। यही सिन्धुलीको जुनारलाई बजारमा विभिन्न परिकारहरुमा ल्याउनका लागि ललितपुरको कुपण्डोलस्थित रैथानेमा दोस्रो जुनार मेला आयोजना गरिएको छ।
रैथाने र ग्रिन ग्रोथको सहकार्यमा आयोजना गरिएको सो मेलामा सिन्धुलीमा उत्पादित जुनार र सो जुनारबाट तयार पारिएका विभिन्न परिकारहरु खान पाइनेछ।
ग्रिन ग्रोथले सिन्धुलीको जुनारलाई बजारीकरण गर्न निकै महत्वपूर्ण भूमिका खेलेको छ। यसले सिन्धुलीमा उत्पादित जुनारलाई क्युआरमार्फत ट्याकिङ गर्ने र उपभोक्तामाझ सक्कली उत्पादन पुर्याउने काममा प्रविधिको प्रयोग गरेको छ, जसकारण उपभोक्ता नठगिने गिन ग्रोथका सौरभ ढकालले बताए।
सो मेलामा जुनारबाट बनेका विभिन्न दश परिकारहरु खान पाइनेछ, जसमा जुनार साँदेको, जुनार केक, जुनार जेली, जुनारको जुस, स्पाइस्ड् हट् जुनार जुस भने विशेष रहेको छ।
हामीले जुनारको जुस र जुनारलाई साँदेरमा खाएका छौँ, तर यति मात्र नभई रैथानेमा अब माथि उल्लेखित सम्पूण परिकारहरु दैनिक मेनुमा नै रहने कुरासमेत उनले बताए। सो मेला माघ २६ बाट सुरु भएको मेला आजसम्म मात्र संचालन हुनेछ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।