|

काठमाडौं : नेपालविरुद्धको खेलमा क्यानडाको चौथो विकेट गुमेको छ। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसिय खेलको तेस्रो दिनमा ललित राजवंशीले विकेट लिएका हुन्। 

नवनित धालिवाल ५० रन बनाएर आउट भएका हुन्।  पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए। उनले  ४ रन बनाएका जोनसनलाई आउट गरेका थिए।

यस्तै दोस्रो आकाश चन्दले लिएका थिए।  २२ रन बनाएर खेलिरहेका​ सिरिमन्थ विजिरेरत्ने चन्दको बलमा कप्तान रोहित पौडेलको क्याचमा आउट भएका हुन्।

तेस्रो विकेट तीन रन बनाएर खेलिरहेका निकोलस क्रिस्टनलाई कुशल मल्लले आउट गरेका हुन्।

हाल क्यानडाले २९ ओभरको समाप्तिमा १०४ रन बनाएर खेलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.