|

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन्। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए। उनले एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताए। उनले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताए।

उनले आजको राष्ट्रिय परिस्थिति चुनौतिपूर्ण रहेको बताए। उनले व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरुले यसमा सोच्न जरुरी रहेको बताए।

उनले भने, ‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ। गठबन्धनले भ्रष्टार बढायो। एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ। त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो कि। जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन्। आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतीपूर्ण छ।'

उनले  यो वा त्यो पार्टीभन्दा पनि व्यवस्थाप्रति जिम्मेवार रहन आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.