काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानुनसम्मत रहेको बताएकी छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गरेकी हुन्।
उनले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरुविरुद्ध सिफारिस समितिमा कुनै पनि उजुरी नआएकाले उनीहरुको छनोट प्रक्रिया अगाडि बढेको बताइन्।
उनले आरोपित व्यक्तिहरु विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वाभाविक भएको बताइन्।
उनले भनिन् ‘अख्तियारले प्रश्न गरेको व्यक्ति अहिले युनिर्भसिटी ग्रान्ट काउन्सिल (क्युएए, काउन्सिल) मा पदाधिकारीको रुपमा छ। र सर्टलिस्टेडमा उहाँको नाम पनि छ। अहिलेको पदाधिकारीमा उहाँ हुनुहुन्छ नि नेपाल सरकारको र सिफारिस समितिमा त्यो निवेदकको बिरुद्ध कुनै उजुरी पनि परेको छैन। त्यसैले त्यो प्रोसेसमा छ।'
राज्यमन्त्री कुमारीले सर्टलिस्टेड भएका १४ व्यक्तिहरुको सोमबार (आज)देखि नै छनौटका लागि प्रश्तुति र अन्तर्वार्ताको प्रक्रिया अगाडि बढेको जानकारी पनि दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।