|

काठमाडौं :  मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको लक्ष्य दिएको छ।

नेपालले ४ विकेट गुमाएर २ सय २७ रन बनाएको हो। उक्त रन बनाउने क्रममा पूर्वकप्तान समेत रहेकी रुविना क्षेत्रीले ११८ नटआउट, पुजा महतो ५९ नटआउट, कविता कुँवर १३, सिता रानामगर १५, डोली भट्टले ६ रन बनाउँदा कप्तान इन्दु वर्मा शून्यमा आउट भएकी थिइन्।

रुविना नेपालबाट अन्तराष्ट्रिय खेलमा शतक हान्ने पहिलो महिला खेलाडी बन्न सफल भएकी छिन्।

लगातार २ खेलमा जित हात पारेको नेपाल समूहको अन्तिम खेलमा मालदिभ्सलाई पराजित गर्दै समूह डीको विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ। आजै भएको अर्को खेलमा हङकङले भुटानलाई ७२ रनले पराजित गर्दै अन्तिम आठमा पुगिसकेको छ। योसँगै भुटान बाहिरियो। आज पराजित भए पनि नेपाल समूह उपविजेता हुँदै अन्तिम आठमा पुग्नेछ। माल्दिभ्स भने २ खेलमा पराजित हुँदै प्रतियोतिबाट बाहिरीसकेको छ। 

नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानविरुद्ध पनि ८ विकेटले नै विजयी भएको थियो।​ मालदिभ्स आफ्नो पहिलो खेलमा भुटानसँग ९४ र दोस्रो खेलमा हङकङसँग १ सय ७२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।  समूह डीमा अपराजित एकमात्र टोली नेपालको २ खेलमा ४ अंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.