|

काठमाडौं : नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन कार्यकर्ताहरूबाट पैसा उठाउने भएको छ। 

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले हरेक सदस्यबाट एक सय रुपैयाँका दरले उठाउने अभियान चलाउनेबारे केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाउने निर्णय गरेको हो। 

‘पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन बनाउनका लागि पार्टीका सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर हामी जाँदैछौँ’,  सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले भने।

बल्खुको पार्टी कार्यालयमा २०७२ को भुकम्पले क्षति पुर्‍याएपछि एमालेको केन्द्रीय कार्यालय धुम्बाराही, बबरमहल हुँदै अहिले तुल्सीलाल स्मृति भवन च्यासलमा रहेको छ। 

केन्द्रीय कमिटीको बैठक यही फागुन ८ देखि १० सम्म काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बस्ने निर्णय सचिवालय बैठकले गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.