|

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा चारवटा प्रस्ताव पेश भएका छन्। बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो।

साथै पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रस्ताव र समग्र नीति सम्बन्धी प्रस्ताव पेश गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए। बैठकमा सरकारका तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रस्ताव पेश गरेको र पार्टीका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रस्ताव र उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रस्ताव पेश गरेको बताए।

उनले आजको बैठकमा प्रस्ताव मात्रै पेश हुने र शुक्रवारबाट प्रस्तावमाथि छलफल हुने बताए। अर्थमन्त्री महतले छलफल सकिएपछिको निष्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रस्ताव लैजाने बताए।

महतले भने, ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दै छ। विश्वप्रकाशजीले राजनीतिक विषयमा पार्टीका तर्फबाट लिखित प्रस्ताव पेश गर्नुभयो। संगठनसम्बन्धी प्रस्ताव पार्टीका अर्का महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको छ। आज ४ वटा प्रस्ताव पेश हुनेछन्। भोलि यसमा छलफल हुनेछन्। समग्र छलफल सकिएपछि महासमितिमा प्रस्तावका लागि लैजान परिमार्जनसहित महासमिति बैठकमा जान्छ।’

नेता महतले केही जिल्लामा महासमिति सदस्य निर्वाचनमा केही सीमित ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.