|

पर्वत : गण्डकी प्रदेश सरकार बनेको छैटौँ वर्ष पूरा भई सातौँ वर्ष लागेको छ। 

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात् प्रथम पटक प्रदेश सरकारको गठन भएको सम्झना स्वरूप हरेक वर्ष फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाइन्छ। यो दिन प्रदेशमा सार्वजनिक बिदा पनि दिइन्छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभकामना सन्देश जारी गरी गण्डकी प्रदेशको दोस्रो आवधिक योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ सोच अगाडि बढाएको बताएका छन्। उनले नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउन सरकार प्रयत्नशील रहेको जनाएका छन्।

संविधानले दिएको जिम्मेवारी पूरा गर्दै जनताको अपेक्षालाई पूरा गर्नका लागि संवैधानिक मूल्य, मान्यता तथा  प्रचलित कानून बमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसाथ गरेकाे उनको शुभकामना सन्देशमा उल्लेख छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.