|

काठमाडौं : आज पहिलो एकदिवसिय खेलमा नेपाली बलरले आक्रामक बलिङ गरेका छन्। क्यानडा–११ लाई २ सय १७ रनको जितको लक्ष्य दिएको नेपालले ४ ओभरको खेलमा दुई विकेट लिएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुरा ओभर खेल्दै नेपालले २१६ रन बनाएको थियो। खेलमा बसिर अहमदले अर्धशतक हानेका थिए।

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो।  नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन्। प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरू नेपाल ए मा छन्।

यो टिममा क्यानडासँग अन्तिम खेलमा डेब्यू गरेका हेमन्त धामी, पहिलो खेलमा डेब्यू पाएका रिजन ढकाल र नेपाली टोलीबाट बाहिरिएका प्रतिश जिसी तीव्र गतिका बलर छन्।

नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहनेछन्।  नेपालले क्यानडा ११ सँग तीन एकदिवसीय खेल्नेछ।  दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.