|

काठमाडौं : सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सरकारको दाबी आंशिक मात्रै सत्य रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा उनले अर्थतन्त्र सुधारका लागि उल्लेख्य केही काम नगरेको टिप्पणी गरेका हुन्। 

प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा सांसद थापाले भने, ‘नेपालका अर्थतन्त्रको सूचांक सकारात्मक छ भन्ने सकारको दाबी आंशिक सत्य छ। अथवा मिल्दैन भन्न पनि मिल्छ।’

उनले विदेशी मुद्राको सञ्चिति आयात घटेकाले बढेको र बजार शिथिल भएको कारण आयात घटेको बताए। ‘विदेशी मुद्रा सञ्‍चितिको अवस्था सवल छ। किन भने आयात घटेको छ’, उनले भने।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.