|

काठमाडौं : नेपाली कांग्रेस कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूले प्रदेश नामकरणको विषयलाई पनि महासमिति बैठकको एजेन्डा बनाउन माग गरेका छन्। उनीहरूले कोशी नामकरण सम्बन्धमा पुनर्विचार गर्न आग्रह गर्दै यसबारे महासमितिमा मुख्य एजेन्डाकै रुपमा प्रवेश गराउन माग गरेका छन्। 

सभापतिहरूको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘प्रदेश नं. १ (कोशी प्रदेश) नामकरणबारे हाम्रो मिति २०८०÷०२÷१७ को नाममा पुनर्विचार गर्न आग्रहसहितको प्रेस विज्ञप्ति र यस विषयमा प्रदेश सरकारले वार्ता टोली गठन गरी सम्बन्धित पक्षलाई वार्ताको आव्हान गरिसकेको सन्दर्भमा पुनः स्मरण गराउँदै मिति २०८०÷११÷७ देखि १० सम्मको महासमिति बैठकमा मुख्य एजेन्डाको रूपमा विषय प्रवेश गराउन अनुरोधसहित ध्यानाकर्षण गराउँदछौँ।'

पहिचानसहितको नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरू अहिले पनि आन्दोलित छन्। सरकारले वार्ता टोली बनाएर उनीहरूलाई वार्तामा बोलाए पनि ठोस सहमति हुन सकेको छैन। 

साथै जिल्ला सभापतिहरूले महासमितिको बैठकमा भाग लिने सदस्यहरूको सन्दर्भमा प्रदेशका केही जिल्लामा नियमसंगत निर्वाचित महासमितिको सदस्यहरूको हकमा विवादित भएको भनी सभापतिहरूको र सम्बन्धित जिल्लामा खटाइएका निर्वाचन अधिकृत समेतको राय नलिई मनोमानी ढंगबाट केही जिल्लाको महासमिति सदस्यको प्रतिनिधित्व शून्य गराइएकोमा उनीहरूले आपत्तिसमेत जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.