|

काठमाडौँ : नेपाली कांग्रेसको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार गोदावरी सनराइजमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। 

कांग्रेसको नीति अधिवेशनसमेतको काम गर्ने महासमिति बैठक भोलि फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदै छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन गर्नेछन्। 

नेता विश्वकर्माका अनुसार अनुसार महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखापरीक्षण प्रतिवेदन पेस हुनेछन्।  

ती प्रतिवेदनहरू सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरेर छलफल हुने उनले बताए। यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने उनको भनाइ छ।

महासमितिमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, १ हजार ७ सय ८० महासमिति सदस्यहरू जना सहभागी हुने छन्। यस्तै नेपाली जनसम्पर्क समितिबाट  ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला  सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमितिमा सहभागी गराइएको विश्वकर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.