|
फाइल तस्वीर

देउखुरी : लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नियमावली पारित गरेको हो।

राज्य निजामती सेवा ऐन, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ भने नियमावली मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको छ।

मुख्यमन्त्री दिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका लागि सरकारले नयाँ नियमावली ल्याएको बताए। उनले राज्यका निजामती कर्मचारीका लागि लागू हुने कानुन र नियम बनेकाले अब सरकारले नयाँ स्थानीय तहको कर्मचारी सेवा शुरु गर्ने तयारी गरिरहेको बताए।

यसैबीच, ‘राज्यको योजनाका लागि बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय पनि लुम्बिनी क्याबिनेटले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.