|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन जोगाउनु आफूहरूको राजनीतिक जिम्मेवारी रहेको बताएका छन्।

सोमबार सुरु भएको महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले भविष्यमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै छलफल गर्नु जरूरी नरहेको बताए।

 ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितमा निर्भर रहने भएको हुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसार त्यसैबेला उचित निर्णय लिन सक्नेछ’ देउवाले भने।

मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुबै रहेको भन्दै देउवाले यो प्रणालीबाट कुनै एक मात्र पार्टीको स्पष्ट बहुमत आउने संभावना नरहेको बताए।  

‘विगतमा प्रतिनिधिसभा विघटन गर्ने, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने षड्यन्त्र भयो। संविधानको रक्षाका लागि कांग्रेसकै अग्रसरतामा यो गठबन्धन बनेको हो।’ देउवाले भने ‘निर्वाचनपूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो। आज पनि हामीले संविधानको रक्षा प्राथमिक एजेन्डाका रुपमा लिएका छौं।’  

संविधान गतिशील दस्तावेज भएकाले शासकीय स्वरूप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधान संशोधनको छलफल गर्नुपर्ने देउवाको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.