|

काठमाडौँ : दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटनाको प्रतिवेदनबारे सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ छलफल भएको हो। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए। 

देउवा, पार्टी उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित बालुवाटार पुगेका थिए। 

प्रतिवेदन अध्ययन गरेर एउटा निचोडमा पुर्‍याउने दलहरूबीच सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पनि दोषी देखाएपछि उच्च राजनीतिक वृत्तमा प्रतिवेदनमाथि छलफल शुरु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.