काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन भइरहेको छ। धर्म निरपेक्षताविरुद्ध रहेका कांग्रेस नेताहरूले धमाधम महासमिति सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका हुन्।
हिन्दु धर्म सापेक्ष राष्ट्रको पक्षमा खुलेका नेताहरूले महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर संकलन गरिहेका हुन्। हिन्दु राष्ट्र स्थापनाको पक्षमा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालासहित अहिलेसम्म ४ सयभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरिसकेका छन्।
२०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यति वेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।