|

काठमाडौँ : नेपाली कांग्रेसभित्रको ठूलो पंक्तिमा अलमल र संशय रहेको सांगठनिक प्रतिवेदनले औँल्याएको छ। महासमिति बैठकमा प्रस्तुत महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा यसबारे उल्लेख छ।

महामन्त्री थापाले प्रतिवेदनमार्फत यसलाई अनदेखा नगर्न र यसबारे आत्मसमीक्षा गर्न प्रस्ताव गरेका छन्। 

प्रतिवेदनमा भनिएको छ, ‘२०८० सालमा आइपुग्दा ८ लाख ६९ हजार क्रियाशील सदस्य, समुदायको जरैसम्म समावेशी संगठनात्मक संरचना, सबैभन्दा प्रतिबद्ध सदस्य र कार्यकर्ताको ठूलो पंक्ति छ। सदस्य, संगठन, संरचना सबै तहतसमेतले सबैभन्दा ठूलो पार्टी बनेको छ। त्यसमाथि आफैँले बनाएको संविधान, आफैँले परिकल्पना गरेको राजनीतिक प्रणालीमा निर्वाचनबाट पहिलो पार्टी बनेर सबै तहको सरकारमा नेतृत्वदायी भूमिकामा रहेको यो क्षणमा पार्टीभरि ठूलो उत्साह र विजयभाव मात्र हुनुपर्ने हो। तर पार्टी सदस्यको ठूलो पंक्तिमा समेत कता कता एक किसिमको अलमल र संशय देखिन्छ। किन यस्तो भइरहेको छ? यसलाई हामीले अनदेखा गर्न मिल्दैन। आत्मसमीक्षा गर्न जरुरी छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.