|

काठमाडौँ : नेपाली कांग्रेसको महासमिति बैठकमा महाधिवेशनको मुखमा सदस्यता वितरण गर्न नहुने प्रस्ताव पेश भएको छ। महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदनमार्फत महाधिवेशनको ६ महिनाअघि सदस्यता वितरण कार्य बन्द गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका हुन्। 

बाँकी समयमा सधैँ सदस्यताका लागि आवेदन दिन र प्रदान गर्न सक्ने व्यवस्था गर्नुपर्ने महामन्त्री थापाको प्रस्ताव छ। छलफलका लागि राखेका प्रस्तावमा उनले भनेका छन्, ‘महाधिवेशनको ६ महिनाअगाडि सदस्यताको आवेदन दिने र प्रदान गर्ने कार्य बन्द गर्ने। बाँकी समयमा सधैँ सबैले सदस्यताका लागि आवेदन दिन सक्ने।’

महामन्त्री थापाको प्रस्तावमा सदस्यता लिएको निश्चित समयपश्चात मात्र मताधिकार र जिम्मेवारी प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.