|

काठमाडौँ : देशभरका लघुवित्त पीडितहरू काठमाडौँ आइपुगेका छन्। उनीहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ प्रवेश गरेका हुन्।

काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए। उनले लघुवित्तीय संस्थाहरूले ऋणीसँग चर्को ब्याज असुलेको बताए।

उनले भने, ‘लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन्। पीडितलाई बढी दबाब दिएकाले आन्दोलन गरेका हौँ।’

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले बुधवारदेखि काठमाडौँ लक्षित आन्दोलन गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.