|

काठमाडौँ : अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा धरानमा भोलि बुधवार राष्ट्रिय मातृभाषा कविता महोत्सव हुने भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले विगतमा काठमाडौँमा गर्दै आएको महोत्सव यसपटक सुनसरीको धरानमा गर्न लागेको हो। महोत्सवको सबै तयारी पुरा भएको प्रतिष्ठानका परिषद् सदस्य तथा आख्यानकार राजन मुकारुङले जानकारी दिए।

उनका अनुसार महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाउनेछन्। प्रतिष्ठानले आह्वान गरेको कविताहरूबाट ४४ वटा कविता वाचनका लागि छनोट भएको छ। 

यस्तै प्रतिष्ठानले वर्षेनी दिँदै आएको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार यस वर्ष नेपाल भाषका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिने प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले जानकारी दिए। 

अन्तरराष्ट्रिय मातृभाषा दिवस भोलि भाषा आयोग, नेपाल आदिवासी जनजाति उथ्थान राष्ट्रिय प्रतिष्ठान र मातृभाषी साहित्यकर्मीहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन्।  


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.