|

काठमाडौं : लघुवित्त पीडितले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने भएका छन्।

देशभरका लघुवित्त तथा वित्तीयपीडित काठमाडौंको गौशालामा रहेका छन्। लघुवित्त तथा वित्तिय शोषणविरुद्द करिब ३ हजारपीडितहरू जम्मा भएर प्रदर्शन गर्न लागेको पीडतका संरक्षक अगस्त्य अधिकारीले जानकारी दिए।  पीडितहरु बिहान गौशालामा खाना खाएर कालोपुल हुँदै प्रधानमन्त्री कार्यालय घेराउको लागि जाने अधिकारीको भनाइ छ।​ उनीहरु करिब छ दिन लगाएर मुग्लिनबाट काठमाडौंसम्म हिडेर आएका थिए।

सरकारले समिति बनाएर केही काम नगरेकोमा पुन सरकारलाइ झकझकाउन आन्दोलन गर्न आफूहरू काठमाडौं आउनुपरेको उनीहरुको भनाइ छ।

यस्तै मिटरब्याज पीडित पनि आज काठमाडौं केन्द्रित आन्दोलनका लागि थानकोट आइपुग्ने छन्। उनीहरु अहिले धादिङको धार्केमा रहेको र आज साँझ सम्म थानकोट आइपुग्ने उनीहरुको भनाइ छ।

पूर्व पश्चिमबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौं प्रवेश गर्न लागेका छन्। न्याय मार्च नाम दिएर निस्किएका मिटरब्याजी पीडितहरुले न्याय नपाएको भनी पूर्व पश्चिमबाट पैदल हिँडेर भरतपुरमा एकीकृत भई  निर्णायक आन्दोलनका लागि काठमाडौंमा आउन लागेका हुन्।

उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए। १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भए। त्यसपछि काठमाडौंतर्फ अगाडी बढेका  थिए।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन्। फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन्। यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए।

पैदलयात्रा गरिरहेका पीडितहरु काठमाडौंको शान्तिवाटिकामा बस्ने तयारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.