|

मोरङ : मोरङको बुढिगंगा गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। 

आज राति सवा १२ बजे पुष्पलाल चौकबाट मानगडतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  चालक ग्रामथान गाऊँपालिका–१ का २६ वर्षीय राहुल चौधरी र पछाडि सवार २४ वर्षीय  शम्भु चौधरी घाइते भएका थिए। 

घाइतेहरुलाई उपचारकोलागि कोशी अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा शम्भु चौरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.