|

काठमाडौं : काठमाडौँको सितापाइलामा एकै परिवाका ३ जना मृत फेला परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो। घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएको अधिकारीको भनाइ छ।

प्रहरी वृत्त स्वयम्भुको  टोली अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.