|

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसको महासमिति बैठकमा चारवटा समूह बनाएर छलफल शुरु भएको छ।

बैठकको तेस्रो दिन आज चार समूहमा विभाजन गरी पाँचवटा प्रतिवेदनमाथि छलफल शुरु भएको हो। काँग्रेसका महासमिति प्रतिनिधिले प्रतिवेदनमाथि बोल्न ५ मिनेटको समय पाउने भएका छन्। सोमबारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकमा मंगलबार पेस भएका प्रतिवेदनमाथि छलफल भइरहेको हो।

छलफलका लागि २ हजार २ सय बढी प्रतिनिधिलाई चार समूहमा विभाजन गरिएको हो। बुधबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः सांगठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन प्रश्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.