|

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाललाई पहिलो सफलता मिलेको छ।  नामिबियाका निकोलस डाविन रन आउ भएका छन्।  

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको छ। ।

जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर छ।

दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७  विकेटको हार बेहोरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.