काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाललाई दोस्रो सफलता मिलेको छ। कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका हुन्। तीन रन बनाएर खेलिरहेका जेपी कोट्जेलाई पौडलले क्लिनबोल्ड गरेका थिए।
यसअघि सोमपाल कामीको बलमा दिपेन्द्रसिंह ऐरीले नामिबियाका निकोलस डाविन रन आउट गराए। उनले ८ रन बनाए।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको छ। ।
जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर छ।
दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।