|

काठमाडौं : पर्साको वीरगञ्जमा लगाएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ।

अवस्था सामान्य बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले गएराति १० बजेदेखि पूर्णरूपमा कर्फ्यू हटाएको हो।

गत साता बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमादुईपक्षबीच झडप भएको विषयमा वीरगञ्जमा पनि तनावको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू लगाएको थियो ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा शनिबारदेखि लागेको कर्फ्यू पनि स्थानीय प्रशासनले बुधबार अपराह्नदेखि हटाएको छ।

ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.