काठमाडौं : नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रकृया स्वच्छ र पारदर्शी नभएको भन्दै यो प्रकृया तत्काल बन्द गर्न माग गरेको छ। बिहीबार भएको प्रतिनिधिसभा बैठककाे शून्य समयमा एमालेका सचिव योगेश भट्टराईले यो प्रकृया बन्द गरी स्वतन्त्र निष्पक्ष ढंगले उपकुलपति छनोटको प्रकृया अगाडि बढाउन माग गरेका हुन्। उनले पार्टीभित्र गुटको मान्छेको लडाइभित्र विश्वविद्यालयलाई बन्दक बनाएको पनि बताए।
‘प्रधानमन्त्री जी ले स्वच्छ र स्वतन्त्र ढंगले त्रिवि उपकुलपति नियुक्ति गर्ने भनेर प्रकृया अगाडि बढाउनुभयो,बिडम्बना त्यो प्रकृयामा कुनै स्वच्छ,स्वतन्त्र र पारदर्शी ढंगको कुनै पनि थिएन,अनुसन्धान प्रस्तुतिमा असाध्यै कम नम्बर राखेर अन्तिममा अन्तर्वार्तामा बढी नम्बर राख्ने,अनि अन्तर्वार्ता कसले राख्ने भन्दा शिक्षा मन्त्रीले,
शिक्षा सचिवले,अनि प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने भन्ने प्रावधान छ,प्राध्यापक उपकुलपति हुने अन्तर्वार्ता कसले लिन्छ भन्दा प्राध्यापकले, यस्तो प्रकृयाबाट अनि पार्टीभित्र गुटको मान्छेको लडाइभित्र विश्वविद्यालयलाई जसरी बन्दक बनाइएको छ,यसको निन्दा गर्छु,यो प्रकृया तुरुन्त बन्द गरेर स्वतन्त्र निष्पक्ष ढंगले उपकुलपति छनोटको प्रकृया अगाडि बढाइयोस र यस्तै अवस्थ सूदुर र पश्चिममा ध्यान जाओस् भनी सरकारको ध्यानाकर्षण गर्दछु,’उनले भने।
त्रिवि उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री एवं उपकुलपति पुष्पकमल दाहाल’ प्रचण्ड’समक्ष सिफारिस गरेको चार दिन बितिसकेको छ।
समितिले गत आइतबार नै १४ जनाको सर्टलिष्टमध्ये अन्तरवार्ता सकिएलगत्तै १ नम्बरमा प्राडा चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्राडा केशरजंग बराल र तेस्रो नम्बरमा प्राडा टंकनाथ धमलाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। तर,हालसम्म भिसी नियुक्ति हुन सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।