|

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक आज (बिहीबार) सकिँदै छ। समापन समारोहमा पार्टीका सबै पदाधिकारी, पूर्व पदाधिकारी र प्रदेश सभापतिहरूले धारणा राख्नेछन्। 

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार शीर्ष नेताको बैठकले समापन समारोहमा बोल्न व्यक्तिहरूको निर्णय लिएको हो। हरेक वक्ताका लागि पाँच मिनेट समय तय गरिएको उनले जानकारी दिए।  

सोमबार शुरु भएको उद्घाटनमा पदाधिकारीबाट तीनजना मात्रै बोलेका थिए। सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ र सहमहामन्त्री महालक्ष्मी उपाध्यायले धारणा राखेका थिए। 
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.