|

काठमाडौं : कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.