|

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रमुख दलका नेताहरुलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गरेका छन्।

अग्रज नेताहरुले मिलेर मुलुकमा सुशासन कायम र गरिबीको अन्त्य तत्काल नगरे इतिहासले उनीहरूलाई माफी नदिने उनले बताए। 

शनिवार काठमाडौँमा आयोजित डा. पुरण राईका कृति विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेताहरुले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिबी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। 

उनले मुलुकमा सुशासन र गरिबीको पक्षमा काम गर्न आफूले अग्रज नेताहरुलाई सक्दो साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे। 

मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरु पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि बताए। 

मन्त्री किराँतीले नेपाली समाज मित्रै रहेको समाजवादको विकास गरेर अघि बढ्नुपर्ने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.