|
फाइल फोटो

काठमाडौं : बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि सरकारले पनि पुनरावेदन दिने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्धको जवरजस्ती करणीसम्बन्धी मुद्दामा पुनरावेदन गर्न मस्यौदा तयार पारी उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाएको हो ।

जिल्लाबाट आइतबार प्राप्त पुनरावेदन मस्यौदा अध्ययनकै क्रममा रहेको र अबको एक साता भित्रमा पुनरावेदन दिइने उच्च सरकारी वकिलको कार्यालय पाटनका उपन्यायाधिवक्ता अशोकराज रेग्मीले जानकारी दिए।

जिल्लाको फैसला बदर भइ अधिकतम सजाय १२ वर्ष ठहर हुनुपर्ने जिकिर गरी पुनरावेदन दिइने भएको छ । जिल्ला अदालतको फैसला बदर हुनुपर्ने नजिर, आधार र कारणहरुसहित पूनरावेदन पत्र तयार पारिरहेको उच्च सरकारी वकिलको कार्यालयले अधिकतम कैद, बिगो र पीडितलाई क्षतिपूर्ति माग्ने तयारी गरेको छ ।

लामिछाने भने यही फागुन १० गते पुनरावेदन लिएर उच्च अदालत पुगेका थिए ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.