|

हेटौँडा : प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत मकवानपुरको नवनिर्मित ७१ कोठे भवनको उद्घाटन गरेका छन्। प्रधानन्याधीश श्रेष्ठले सोमवार हेटौंडा उपमहानगरपलिका वडा नम्बर–२ मा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।​

भनवको उद्घाटन गर्दै प्रधानन्याधीश श्रेष्ठले न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताए।  उनले नेपालको संविधानले न्यायपालिकालाई नागरिकको हक अधिकारको संरक्षण र विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्ने दायित्व सुम्पेको बताए।

प्रधानन्याधीश श्रेष्ठले संविधानले प्रदान गरेको भुमिका र न्यायालय प्रतिको जनताको अपेक्षालाई पुरा गर्ने तर्फ सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्नेमा जोड दिदै सुशासन, जवाफदेहिता र उत्तरदायित्व लगायत न्यायिक मुल्य मान्यताको प्रवद्र्धन गर्ने विषय चुनौतीपूर्ण रहेको जिकिर गरे। सेवाग्राहीको अपेक्षा अनुरुपको काम कारवाहीबाट मात्रै अदालतप्रतिको विश्वासलाई बढाउन सकिने प्रधानन्यायधिश श्रेष्ठको भनाइ छ।​

प्रधानन्यायधीश श्रेष्ठले न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना निर्माणको प्रक्रियालाई अघि बढाएको दाबी समेत गरे। उनले योजनाबद्ध सुधारको प्रक्रियालाई न्यायपालिकाले आत्मसात गर्दै आएको बताए।

प्रधानन्यायधीश श्रेष्ठले जिल्ला अदालतहरुमा पनि मुद्दाको  पेशी तोक्ने सन्दर्भमा छिट्टै स्वचालित पद्धति लागु गरिने उल्लेख गरे। मुद्दाको  अनलाइन रजिष्ट्रेशन कार्य अन्तिम चरणमा रहेको समेत बताउँदै श्रेष्ठले आमनागरिकहरुको अपेक्षा प्रति न्यायपालिका संवेदनशील रहेको पनि उल्लेख गरे।

प्रधानन्यायधीश श्रेष्ठले नवनिर्मित सुविधा सम्पन्न भवनबाट सम्पादन हुने काम कारवाहीमा थप प्रभावकारीत आउने समेत विश्वास व्यक्त गरे। नवसिर्जनशि/स्लेट जेभिले १८ करोड १२ लाख ३३ हजार ३६ रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो। तर मूल्य वृद्धि र भेरिएसन आदेश सहित भवन निर्माण २३ करोड ७७ लाख ४ हजार २ सय ४८ रुपैयाँमा सम्पन्न भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.