|

काठमाडौं : नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएको प्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले सीमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसाबले प्रतिस्थापन विधेयक ल्याउनु नहुने बताए। उनले समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने जिकिर गरे

उनले भने, ‘नेपालमा के आधारमा अन्तःशुल्क कर, सबैले बुझेकै छौँ। सीमित घराना र उद्योगीहरुलाई फाइदा पुगोस् भन्ने हिसावले प्रतिस्थापन विधेयक आएको छ। त्योमार्फत बन्द भएका स्टिल उद्योगहरुले यहाँ निवेदन दिइसकेका छन्। यो उद्योगलाई कसरी अघि बढाउन सकिन्छ? कसरी गुणस्तरीय सामग्री दिनुपर्छ भन्नेबारेमा छलफल हुनुपर्छ। निर्देशन दिने र सम्बोधन गरेर अघि बढ्ने दिशामा हामी जानुपर्छ। हामी निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने यहाँ बसेर हामीले छलफल गरेको काम लाग्दैन। औचित्य हुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.