|

काठमाडौँ : राष्ट्रियसभा सदस्य हरिराम चौधरीले देशको अर्थतन्त्र झनै खस्किँदो अवस्थामा रहेको बताएका छन्।

बिहीवारको राष्ट्रियसभा बैठकमा आगामी आव २०८१।०८२ का सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले विदेशबाट खाद्यान्न किनेर वा विदेशबाट पेट्रोल, डिजेल ल्याउँदा पैसा बाहिर गइरहेको बताए।

उनले पछिल्लो समय नेपाली विद्यार्थीको विदेश पलायनका कारण पनि अर्थतन्त्रको ठूलो हिस्सा बाहिरिरहेको जिकिर गरे। उनले यसबारेमा सरकारले आगामी आवको सिद्धान्त र प्राथमिकताबारे विशेष ध्यान दिन आवश्यक रहेको बताए।

चौधरीले भने, ‘अहिले देशमा अर्थतन्त्र व्यापक खस्किँदो छ। हामीले विदेशबाट खाद्यान्न वा पेट्रोल, डिजेल ल्याएर मात्रै पनि यो देशको अर्थतन्त्र बाहिर गएको छैन। पछिल्लोपटक विद्यार्थीको पलायनले सबैभन्दा ठूलो असर अर्थतन्त्रमा परेको छ। हामीले सैद्धान्तिक रूपमा प्राथमिकतामा जोड दिनुपर्छ। नेपालमै उच्च शिक्षा दिन सक्नुपर्छ।’

उनले नेपालमै उच्च शिक्षा दिन सक्नुपर्ने बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.