|

काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले राष्ट्रियसभाको सबैभन्दा राम्रो पक्ष समयमा नै सभा सञ्चालन हुनु रहेको बताएका छन्। बिहीबारको सभाको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले शून्य समयको प्रभावकारिता बढी रहेको भन्दै समय बढाउनुपर्ने बताए। शून्य समयमा एक मिनेटको समय निर्धारण गरिन्छ। उनले बैठकमा रहँदा सांसदहरुले प्रधानमन्त्री मन्त्रीहरुसँग सवाल जवाफ गर्न नपाए पनि आगामी दिनमा यसले स्थान पाउने अपेक्षा रहेको बताए।

उनले भने, ‘शून्य समय एकदमै थोरै हुन्छ तर यसको प्रभावकारिता धेरै नै छ। यसको समय अलिकति बढाउनुपर्छ कि भन्ने लाग्छ। मन्त्रीहरुसँग सवाल जवाफ गर्न हामीले सकेनौँ। प्रधानमन्त्रीसँग पनि गर्न सकेनौँ। आगामी दिनमा सुरु होला। यसमा ध्यान दिन जरुरी छ। सभाको सम्झनलायक अनुभव भनेको समयमा नै सभाको बैठक हो।’

उनले विशेष समयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.