|

काठमाडौँ : राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रियसभालाई सरकारले बेवास्ता गरेको बताएकी छिन्।

बिहीवारको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्। 

उनले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्ने प्रावधान रहे पनि कर्मचारीसमेत उपस्थिति नभएको बताइन्। 

उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री डा. प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरुले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भन्दै प्रश्न गरिन्। 

उनले सम्बन्धित मन्त्रायलको विषयमा मन्त्री उपस्थिति नहुनुले राष्ट्रियसभाको ओझ घटेको महशुस भएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.